सहारा क्लबको देउसी भैलोबाट ९ लाख संकलन

५५ हजार भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने

पाेखरा | मंसिर ९, २०८०

सहारा क्लबको देउसी भैलोबाट ९ लाख संकलन

पोखरा:   पोखराको सहारा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लबले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहात कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । 


क्लबले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम सहयोग गरेको क्लवका अध्यक्ष केशवराज बरालले बताए । नेपालमा हुने यस्ता ठुला विपदसंग सामना गर्न सबैको साथ र सहयोग आवश्यक भएको उनको भनाई छ । 


क्लबले आयोजना गरेको ५ दिने देउसी भैलो कार्यक्रमबाट ९ लाख ४८ हजार ६ सय ७५ रुपैया संकलन भएको क्लबले जनाएको छ । बचत भएको उक्त रकम सहारा फुटवल एकेडेमीको लागि खर्चिने भएको महासचिव अधिकारीले बताए । एकेडेमीमा हाल १२ जना बालकहरु रहनु भएको छ । क्लबले ३० जनाको एकेडेमीको व्यबस्थापन गरेको छ भने बाँकी केहीको लागि भर्ना लिने प्रकृयामा रहेको छ । 

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।   धादिङका प्रमुख जि...

थप पढ्नुहोस्